नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित

काठमाडौँ ।  आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । आज मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया