वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेँगु सङ्क्रमण्का कारण बिहिबार निधन भएको छ ।
वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको निधन भएको महानगर स्रोतले जनाएको छ ।

 

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ बजेर ३० मिनेटमा निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न पालिकाको चुनावमा काठमाण्डौ महानगरपालिका-१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया