विरेन्द्रनगरमा माईक्रो बसको भाडा बढ्यो

सुर्खेत । कर्णाली प्रदेशको संयुक्त यातायात व्यवस्थापनद्धारा सञ्चालित नगर माईक्रो फोर्स गाडीको भाडा दर बढेको छ । संयुक्त यातायात व्यवस्थापन समितिले शुक्रबार एक सुचना जारी गर्दै भाडा दर बढेको जनाएको हो ।  गत असार १ गतेबाट वीरेन्द्रनगर उपत्यकामा सञ्चालन गरेको नगर बसले यात्रुलाई रु २० रुपैयामा स्थानिय रुटमा चढेको स्थानबाट ओर्लने स्थान सम्मको भाडा रु २० रुपैया लिने गरेको थियो ।

 

भदौ १६ गतेदेखि भाडा बृृद्धि गरि रु ३० रुपैया तोकिएको जनाईएको छ ।
हाल पटक-पटक ईन्धनको मुल्य बढेको हुदाँ सोहि रुटमा गाडी सञ्चालन गर्न नसकिने भन्दै भाडा बढाएको संयुक्त यातायात व्यवस्थापनसमितिले शुक्रबार एक सुचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया