कर्णाली का कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्मा बुधबार स्वीजरल्याण्डको भ्रमणमा निस्किएपछि कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी शाहीले पाएका हुन् ।

 

बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।

तपाईको प्रतिक्रिया