जुम्ला । जुम्लाको नाग्म-गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी-४ ठगुनेरामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्लाको गुठीज्युलाबाट मुगुका लागि छुटेको भे १ ज १०९९ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १७ भाद्र २०८०, आईतवार