वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 सुर्खेत ।  रोकिरहेको स्कुटरमा ठोकिदा विरेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति ८ः३० बजे गुडिरहेको मोटरसाइकल रोकिरहेको स्कुटरमा ठोकिदा वीरेन्द्रनगर १२ का ४१ व्र्षिय धर्मराज सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बताएको छ ।

 

प्रहरीका अनुसार धुलयाबिट देखि पिपिरातर्फ आउदैँ गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाइकल रोकिरहेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरमा ठोकिदा मोटरसाइकल चालक सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख इनिक्सपेक्टर देबेन्द्र सिंह बुढाथोकीले जानकारी दिए ।
सापकोटा लाई घटना भए लगत्तै उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउा सुर्खेतमा लगिएको थियो ।
टाउको र छातीमा चोट लागेको सापकोटाको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।


तपाईको प्रतिक्रिया