नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहालको शुभकामना

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।
आज बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

 

उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताए । खेल नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ । भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्र्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी दिए ।


तपाईको प्रतिक्रिया