बाँफिकोटको काठेपुल जीर्ण हुँदा आवातजावतमा समस्या

रुकुम पश्चिम ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको छराखोला र सल्लेचवर जोड्ने काठेपुल जीर्ण हुँदा स्थानीयहरुलाइ  आवातजावतमा समस्या भएको छ । २०७५ साल वैशाखमा निर्माण भएको काठेपुल ५ वर्ष नबित्दै जीर्ण भएको सल्लेचवरका स्थानीय बमबहादुर केसीले जानकारी दिए ।
बाँफिकोटस्थित काठेपुल विशेषगरी आकाशे पानीले कुहिएको र जीर्ण भएको केसीले बताए । धेरै मान्छेले सँगै काठे पुल तर्दा बीचमा गएको बेला भाँचिने सम्भावना भएको छ । पुल जीर्ण हुँदा सल्लेचवर र खोलिबड गाउँका स्थानीयलाई पनि समस्या भएको हो ।

 

वडा नं ३ का अध्यक्ष तिलबिर केसीले कर्णाली प्रदेश सरकारबाट झोलुङ्गे पुलका लागि बजेट आएको र पुस महिनादेखि झोलुङ्गे पुलको काम शुरु गरिने बताए । झोलुङ्गे पुल बनेपछि त्यहाँका स्थानीयलाई सहज हुने वडा अध्यक्ष केसीको भनाइ छ ।
विशेषगरी त्यहाँका दुई गाउँका स्थानीयले सास्ती व्यहोर्नु परेको छ । यस्तै वीरेन्द्र मावि बाँफिकोटमा पढ्न जाने विद्यार्थी पनि समस्या परेको अर्का स्थानीय बलबहादुर केसीको भनाइ छ ।

तपाईको प्रतिक्रिया