बागचौरकोे विद्यालयमा विद्यार्थीले गरे ताला बन्दी

सल्यान ।  बागचौर नगरपालिकाका अधिकांश विद्यालयहरुमा विद्यार्थीले शिक्षक माग गर्दै तालाबन्दी गरेका छन् । महिनौँदेखि अनिवार्य विषयका शिक्षक नभएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर र सोमबार अमरज्योति माध्यामिक ३ चौरपानी र शिशुकल्याण माध्यमिक विद्यालय ११ हारिचारमा विद्यार्थीले तााला लगाएका छन् । बागचौर नगरपालिकाले नगर अनुदानका शिक्षकलाई हटाएर परीक्षा गराएर पदपूर्ति गर्ने भने पनि महिनौं बितिसक्दा पनि नभएको भन्दै विद्यार्थीले नै विद्यालयमा तालाबन्दी गर्ने बाध्य भएका हुन् ।
गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षक हटाएर पुनः परीक्षा गराउने निणर्य गरेको थियो । शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको थियो । तर अहिलेसम्म पनि विद्याालयमा शिक्षक नआउँदा पढाइ अस्तव्यस्त भएका कारण तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीको भनाइ छ ।

 

विद्यालयमा भएका नगर अनुदान, निजी स्रोत र ‘भोलेन्टर’ गरी ६ जना शिक्षकलाई नगरपालिकाले हटाएपछि पठनपाठन अवरुद्ध भएको एक अभिभावकले बताए । ‘नगरसरकारले फरक पार्टीमा आस्थावान् शिक्षकलाई विभिन्न बहानामा हटाएर आफ्नो पार्टी निकट शिक्षकलाई भर्ती गर्ने परिपाटी मिलाउन खोजेको छ’, उनले भने, ‘तर अहिलेसम्म पनि शिक्षक विद्यालयमा नपठाउँदा अधिकांश विद्यालयको पठनपाठनमा असर पुगेको छ।’ शिक्षकको पदपूर्तिबारे चासो नदेखाएको भन्दै विद्यार्थीले मंगलबारदेखि नगरपालिकामा धर्ना दिने बताएका छन् ।
यस्तै, सरस्वती माध्यमिक विद्यालयमा बागचौर नगरपालिकाले ६ जामुनेचौरमा नगर अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माध्यमिक विद्यालय बागचौर नगरपालिका ३ चौरपानीमा नेपाली, गणित र सामाजिक बिषयका ३ जना र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारमा तीन शिक्षक नहुँदा पठनपाठनमा असर पुगेको हो ।


तपाईको प्रतिक्रिया