सुर्खेत । नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोकस्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु.८२ प ६४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदासोही उपमहानगरपालिका-१८ बस्ने चालक ३६ वर्षीय प्रदिप थारूको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । घटना क्रमको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ११ भाद्र २०८०, सोमबार