सुर्खेत । भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट अवैध रूपमा ल्याउँदै गरेको सुर्ती प्रहरीले बरामद गरेको छ । अवैध रूपमा ल्याइएको सुपर पावर नामक सुर्ती बरामद गरेका हो । छिन्चुबाट खटिएको इलाका प्रहरी कार्यालयको प्रहरीे टोलीले आइतबार राति साढे ८ बजेको समयमा नेपालगञ्जबाट दैलेख तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३७० नम्बरको फोर्स गाडीलाई चेक गर्दा कुनै पनि बिल नभएको अवैध २०० पोका (३ हजार ६ सय पिस) सुर्ती बरामद गरेको हो ।
अवैध रूपमा ल्याइएको सुपर पावर सुर्ती बरामद गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उक्त सुर्ती इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र गाडीलाई गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ११ भाद्र २०८०, सोमबार