सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-४ बराइचेबाट लागु औषध सहित एक जना परेका छन् । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका-४ बस्ने वर्ष २७ का मोहन शाही रहेका छन् ।
उनलाई लागू औषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा आइतबार राति ८ बजेको समयमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ७ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई चेकजाँच गर्दा उनको साथबाट नापतौल गरेको शुद्ध १ सय ८० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो । हाल उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा राखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ११ भाद्र २०८०, सोमबार