जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु

सुर्खेत ।    कर्णाली प्रदेश  जुम्लाको सिंजामा केदारनाथ ऐतिहासिक महोत्सव आइतबार देखि सुरु भएको छ । ऐतिहासिक महोत्सवको आयोजना सिँजा गाउँपालिकाले गरेको हो ।
सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको केदारनाथको बुदवुदीमा महोत्सव शुरु गरिएको छ । साउन पूर्णिमामा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा जुम्लाको स्याउ प्रदर्शनीसमेत हुने सिजा गाँउपालिका अध्यक्ष पूणर्प्रसाद धितालले बताए । उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ । तर उचित प्रचारप्रसारको अभावमा सधैं ओझेलमा परिरहेको छ । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने मुख्य लक्ष्य राखिएको हो । “पुर्खाहरुको योगदान, खसहरुको विरासत, भाषा संस्कृतिको जननी, नाथहरुको नाथ, साउनको शुक्ल एकादशी पुण्य कर्म र पर्यटन प्रवद्र्धन गर्न पुगौं केदारनाथ” भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो । महोत्सवको उद्घाटन कणर्ाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका छन् ।

 

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णाली प्रदेशको परम्परागत संस्कृति उत्पादन र रोजगारी परिपुरक भएको बताए । उनले भने, अहिले कर्णाली प्रदेशमा रैथाने संस्कृतका रुपमा रहेका महत्वपूणर् तिर्थस्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कर्णाली प्रदेश सरकार लागिरहेको छ । कर्णालीका उपसभामुख यशोधा न्यौपानेले पवित्र धार्मिक स्थल केदारनाथलाई संसार सामु चिनाउन आवश्यक देखिएकाले कर्णालीका धार्मिक पर्यटन क्षेत्रको निति संरचना आवश्यक रहेको बताउँछन् । महोत्सवमा करिब ५ हजार बढीको संख्यामा महोत्सवमा सहभागी भएका सिँजा गाउँपालिकाले जनाएको छ । महोत्सवमा खस सँस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित इन्द्रेणीको टिमको मनोरञ्जन झल्काइएको थियो ।
महोत्सवमा जुम्ला जिल्लाका पालिकाका प्रमुख उपप्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।


तपाईको प्रतिक्रिया