नेपाल राष्ट्रिय युवा संघ कर्णाालीकाे अध्यक्षमा जीवन शाही

सुर्खेत । नेपाल राष्ट्रिय युवा संघ कर्णाालीकाे अध्यक्षमा जीवन शाही चयन भएका छन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्षसमेत भइसकेका उनी स्वास्थ्यकर्मी पनि हुन् ।
वीरेन्द्रनगरमा भएको युवा संघको पहिलो प्रदेश अधिवेशनले दैलेखका शाहीलाई अध्यक्षमा सर्वसम्त चयन गरेको हो । राष्ट्रिय युवा संघका शाहीले कर्णाालीकाे अवस्था केछ त्यसलाई मध्यनजर गर्दै भावी रणनिति र कार्ययोजना बनाई त्यस कार्ययोजनाहरुलाइ कार्यान्वयन गर्ने योजना बनाएका छन् । उनले पुस्तादेखि चलिआइरहेको कर्णाालीकाे युवाहरु वैदेशिक रोजगारमा रोक लागाई युवाहरु लाई कर्णाालीमै स्वरोजगारको व्यवस्था गरि युवाहरुको हितका लागि काम गर्ने बताएका छन् ।

 

यस्तै राष्ट्रिय युवा संघ कर्णाालीकाेउपाध्यक्षमा कालिकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह-सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही र कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् ।
कर्णााली प्रदेश कमिटीका सदस्यहरुकर्णााली प्रदेशका १० जिल्लाबाट सर्वसम्मत चयन गरिएको छ । जसमा सुर्खेतबाट ६ जना, दैलेखबाट ५ जना अन्य जिल्लाबाट चार/चार जना गरि जम्मा ४३ जना सर्वसम्मत रुपमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया