ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता

काठमाण्डौ ।  बालुवाटास्थित ललितानिवास प्रकरणमा प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

 

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।


तपाईको प्रतिक्रिया