हुम्लाको लिमीे गाउँका स्थानीयहरुलाई फोर जी सेवा

हुम्ला ।  हुम्लाको हिमालपारि लिमी गाउँका स्थानीय बासिन्दाहरु इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन् । हुम्लाको तीनै गाउँमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सञ्चालनमा आएपछि स्थानीय इन्टर नेटमा रमाउनसमेत थालेका हुन् ।
फोर जी सेवा सुरु भएसँगै देश-विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएको छ । लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।

 

लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए । फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ ।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो ।


तपाईको प्रतिक्रिया