रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

रुकुम पश्चिम।  रुकुम पश्चिमको दुई छुट्टाछुट्टै स्थानमा  दुई जनाको शव फेला परेको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-११ र आठबिसकोट नगरपालिका-६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका-११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो ।फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया