असोज पहिलो हप्ता ग्रेड वृद्धि परीक्षा हुने

 सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले साउन ३० गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । साउन ३० गते प्रकाशित भएको परीक्षामा नन ग्रेड (एनजी) ल्याएका परीषार्थीहरुले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो ।

 

एक विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया