डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि मात्र हवाइसेवा सुचारु भएको हो । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ ।

 

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुणर्जंग शाहीले बताए । बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ ।
उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रहरु गन्तव्यमा पुग्न पाएका छन् ।

तपाईको प्रतिक्रिया