रैथाने बालीलाई बजारीकरण गर्ने सम्झौता

जुम्ला ।   जुम्लाको सिञ्जा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरण गर्ने भएको छ ।
गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी यहाँका किसानलाई सहजै बजारीकरणमा टेवा पुग्नका लागि खाद्य कम्पनीको केन्द्रीय कार्यालयसँग शनिवार सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष पूणर्प्रसाद धितालले जानकारी दिए ।
सिञ्जा गाउँपालिककाले त्यहाँको बाली बजारीकरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौतापछि गाउँपालिका अध्यक्ष पूणर् प्रसाद धितालले भने, ‘रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनीबीच सम्झौता भएपछि बजारीकरण गरिने भएको छ ।’

गाउँपालिकाका अध्यक्ष पूणर् प्रसाद धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

 

गाउँपालिकाले कालीमार्सी धान, चामल, सिमी फापर, चिनो, कागुनो मास भटमास र कोदो लगायतका स्थानीय बालीहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न सिञ्जा गाउँपालिकाले सिधै किसानहरुसँग वा कृषक समूह, सहकारी समूह किसानलाई लाभ पुग्ने गरी सिधै पालिकाले खरिद र संकलन गरी खाद्य कम्पनीलाई बिक्री गरिने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।


तपाईको प्रतिक्रिया