सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भू-भागमा वर्षेनी डुवानको त्रास हुन्छ । वर्षातको समयमा उपत्यका र आसपासका खोर्के खोला ईत्रामखोला र नीमारे खोला लगायतका साना खोलाहरूमा पानीको सतह बढेपछि सहि नीकास नहुदाँ वीरेन्द्रनगरको तल्लो क्षेत्रडुबानमा पर्ने गरेको छ । सुर्खेत उपत्यकाको एक मात्रै पानीको निकास वडा नं. ९ को निकासखोला हो ।
पानी पर्यो कि आँगनै जलमग्न हुन्छ । घरभित्रै भल पस्छ । आकाश खुलेको रात मात्रै चयनले सुतिन्छ । आकाशमा बादल मडारिएको रात निदाउन सकिन्न,’ वीरेन्द्रनगर १०का एक स्थानीय भन्छन् । वीरेन्द्रनगर ९ र १० लगायतका क्षेत्रमा अहिले पनि सामान्य वर्षा हुँदा डुवान हुने गरेको छ ।
(थप जानकारी भीडियो बाट)


दर्शन खबर । ३१ श्रावण २०८०, बुधबार