हुम्ला जहाज नजाँदा इमेलमा पठाएको प्रश्नबाट परीक्षा

सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ हिजो आइतबार हुने परीक्षाको प्रश्नपत्र पुर्‍याउन निकै समस्या भएको थियो । राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो ।

 

उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बीए र बीएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर इमेलबाट प्राप्त भएका प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए ।
क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए।

तपाईको प्रतिक्रिया