दर्शन खबरले सम्प्रेषण गरेको समाचारमा सुर्य प्रसाद चापागाइ (बान्द्रे)  को खण्डन

कलाकार सुर्य प्रसाद चापागाइ (बान्द्रे) ले दर्शन खबरले साउन १४ गते सुर्खेत बहुमुखि क्याम्पसको हलमा वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थीहरु संग विद्यालयको सहकार्यमा जनही एक सय पचास रुपैयाँ संकलन गर्दै मेरो स्कुल नामक चलचित्र प्रर्दशन गर्दै गर्दा गरिएको स्थलगत रिपोर्टङमा आपत्ती जनाएका छन् ।  साउन २६ गतेको कलाकार सुर्य प्रसाद चापागार्इ (बान्द्रे) द्वारा प्रेषित सम्प्रेषित समाचारको खण्डन  पत्र साउन २९ गते दर्शन खबरलाइ प्राप्त भएको हो ।

खन्डनमा कलाकार सुर्य प्रसाद चापागाइ (बान्द्रे) ले नेपाल कलाकार संघको सदस्य रही कम्पनी रजिष्ट्ररको कार्यालयमा जे. एस. मिडिया प्रा. लि. कम्पनी दर्ता गरी उक्त कम्पनीको नाउँबाट काम कारोवार गरी आएको जनाएका छन् ।

नेपाल सरकार चलचित्र विकाश बोर्डबाट मिति २०७१ जेठ १८ मा इजाजत पत्र प्राप्त गरी मेरो स्कूल नामक कथानक चलचित्र निर्माण गरेको उनको भनाइ छ ।

चापागाइका अनुसार मेरो स्कुल चलचित्र निर्माण गरी नेपाल सरकार केन्द्रीय चलचित्र जांच समितिबाट जाँच गरी नेपाल राज्यभर प्रदर्शन गर्न स्विकृति प्रदान गरी मिति २०७१ मंसिर १५ गते  प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

यसरी सम्बन्धित निकायवाट निर्माण स्विकृति लिई चलचित्र जांच समितिवाट अनुमति प्राप्त गरी “मेरी स्कूल नामक जनचेतना मूलक कथानक चलचित्र प्रदर्शन गर्ने क्रममा सुर्खेत जिल्लाको विभिन्न स्कूलका बाल बालिकाहरुलाई उक्त प्रर्दशन गर्ने क्रममा मिति २०६८० साउन १५ गते सुर्खेत बहुमुखी क्याम्पसको हलमा उक्त चलचित्र प्रदशन गरेको थिए । उक्त चलचित्र प्रदशन भईरहेको समयमा दर्शन खबर ले स्थलगत समाचार गरेकोमा कलाकार सुर्य प्रसाद चापागाइले आप्पती जनाएका छन् ।

यता सामाचार सम्प्रेषण संगै कलाकार सुर्य प्रसाद चापागाइले त्यस पश्चात चलचित्र हेर्ने वीद्यार्थीहरु लाइ वीरेन्द्रनगर नगरपालिका को राजस्व प्रमाणित गिरएको टिकट बाट कारोवार हुने गरि सुविकृती दिइएको र यस अगाडि नगद लिइएको पैसाको विषयमा थाहा नभएको  वीरेन्द्रनगर नगरपालिका राजस्व शाखाका कर्मचारी खगिसरा घिमिरेले जानकारी दिइन् ।

समाचार सम्प्रेषण हुनुपुर्व स्थानीय सरकार वीरेन्द्रनगर

नगरपालिका वाट संग कुनै सहमती स्वीकृती नलिएको तर एक पटक सोध पुछका लागि कलाकार चापागइ वीरेन्द्रनगर नगरपालीकामा आएको नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत घिरेन्द्र लम्सालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया