भेरी नदीमा बाढीको बहाव बढ्यो

सुर्खेत ।  भेरी नदीमा बाढीको बहाव बढेपछि सम्पूणर्लाई सर्तक (अलर्ट) रहन जारी गरिएको छ । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापनअनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको हो ।
अहिले भेरी नदीमा बाढीको बहाव ७.६९ मिटर पुगेको छ। भेरी नदीमा ७ मिटर बाढी आएमा चेतावनी दिने र आठ मिटर पुगे खतरा मानिन्छ । अझै बाढीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ । भेरी नदीको तल्लो तटीय क्षेत्रमा रानीघाट, पाग्म, चेपा, तिखाकुना लगायत बस्ती छन् ।

 

 

स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । त्यस्तै जाजरकोटका प्रमुख सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढे सतर्क रहन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया