लेकवेशी युथ प्यानलले गर्‍यो रक्तदान कार्यक्रम

दिपेश लम्साल सुर्खेत । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
लेकवेशी युथ प्यानल सुर्खेतको आयोजनामा लेकवेशी नगरपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोग र हेल्भटास नेपालको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा लेकवेशी नगरपालिका नगर प्रमुख उमेश पौडेल सहित १७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रक्तदान गरे संगै युवाहरु अग्रसर भएर गर्न थालेको सम्पुर्ण राम्रा कार्यहरुमा नगरपालिकाले आफुले साथ दिने नगर प्रमुख पौडेलले बताउनु भयो ।
लेकवेशिमा युवाहरुको अग्रसरमा पटक – पटक रक्तदान जस्ता सामाजिक कार्यगर्न र युवा सक्रियता वढाउन नगर प्रमुख पौडेलले जोड दिनुभयो ।
कार्यक्रममा रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष रामलाल आचार्यले रक्तदान गर्नु भनेको धेरै पुन्यको काम भएकोले सबै स्वास्थ ब्याक्तीहरुले रक्तदान गर्न अनुरोध गर्दै बिपतको समयमा रेडक्रस टिमले युवाबाट सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया