सात बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर ७ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ ले सात बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
७ नं. वडाका वडा अध्यक्ष धु्र्ब कुमार चपाई र वडा सचिब बिष्णु कुमारी ढकाल मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ८९ जना भौतिक तथा ५० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु दिलीप कुमार वाग्ले, चन्द्र कुमारी नेपाली, निर्मला देबी पोख्रेल र वडा स्वास्थ्य प्रमुख निरक थापा सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।

कार्यक्रमा बिपन्न तथा लक्षीत बर्गको बजेट तथा वडाको अन्य कार्यक्रम संचालन गर्दा सबैको पहुँचमा पुग्ने गरी संचालन गर्ने, कार्यलयको दर्ता चलानीलाई चुस्त दुरुस्त राख्ने, फोहोर उठाउने गाडी परीचालनको लागी उपसमीति गठन गरी नियमीत बनाउने, सडक बत्तिलाई प्रभाबकारी बनाउन खरीद तथा मर्मतमा कडाई गर्ने, सेनेटरी प्याडलाई प्रभाबकारी तरीकाले महिनावारीको समयभरी पुग्नेगरी नितीगत सुधार गर्न पहल गर्ने, बाल पुस्तकालउयको संरक्षण र संचालन गर्नको लागी समीति पुनः गठन गर्ने र वडा सुरक्षालाई मध्यनजरगरी प्रहरी प्रशाासन संग समन्वय गरी वडामा सुरक्षा गस्ती बढाउने लागाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, वडाको भौत्तिक पूर्वाधार, सडक बत्ति तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।

तपाईको प्रतिक्रिया