जंगलमा च्याउ खोज्न गएका एकजना मृत भेटिए

सुर्खेत ।  मुगुमा च्याउ खोज्न जंगल गएका एकजना मृत फेला परेका छन् ।
मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका १४ बाम बस्ने बर्ष अन्दाजी ५५ को मन बहादुर बडुवाल च्याउ खोज्न घरदेखि माथि रहेको बयभिर भन्ने जङ्गलमा गएका थिए । जंगलमा गएका मन समयमै घर नफर्किदा खोजिकार्य भएको थियो ।

 

 

उनी सम्पर्क विहिन भएपछि खोजतलास गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हाल घटनास्थलमा प्रहरीको टोली पुगेर उनको शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल मुगुमा पठाएको छ ।


तपाईको प्रतिक्रिया