सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम

सुर्खेत ।  सुर्खेत महिला जेसीजले सप्ताव्यापी कार्यक्रम घोषणा गरेका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत साउन २६ गते विहान ११ बजे एस ओ एस हर्मन माइनरबाट कार्यक्रमको उद्घाटन गरिने भएको छ । यस्तै २६ गते नै एस ओ एस हर्मेनमा वक्तृत्वकला प्रतियोगिता गरेने छ ।
यस्तै २७ गते जन नमुना मावीमा मनोसामाजिक सु- स्वास्थ्य तालिम आयोजना गरिएको छ । २९ गते बृदा आश्रममा भजन कार्यक्रम आयोजना गरिएको हो । ३० गते ट्राफिक सचेतना आयोजना गरिएको उक्त कार्यक्रम वीरेन्द्र चौकमा गरिने छ । ३१ गते भानुपार्कमा बृक्षारोपणा आयोजना गरिएको छ ।

 

यस्तै भदौ १ गते ओसो मेडिसिन आयोजना गरिएको छ भने २ गते उत्कृष्ट महिलालाई सम्मानको कार्यक्रम रहेको छ । र सोहि दिन समापन कार्यक्रम हुने सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया