जङ्गलमा च्याउ टिप्न गएका मजदुर मृत फेला

सुर्खेत ।  सुर्खेतकाे  वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् । उनी बुधबार आफूसँगै काम गर्ने अन्य ८ जना साथीहरूसँग च्याउ टिप्न भनी जङ्गल गएका थिए । वीरेन्द्रनगर नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ वर्षीय विष्णु रैदास रहेका छन् ।
यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथीहरू घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया