कर्णाली करिडोरको हुम्ला खण्डको पैमामा सडक अवरुद्ध

हुम्ला । हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका-५ को पैमा खोलामा सडक अवरुद्ध भएको छ । वर्षाले खोलामा पानी बढेपछि यातायातका साधन वारपार गर्न नसक्ने भएको कारण सडक अवरुद्ध भएको हो ।
त्यहाका होटेल व्यवसायी जैबिर बोगटीले चार दिनदेखि कणर्ाली करिडोरको हुम्ला खण्डको पैमा खोलामा यातायात सेवा बन्द भएको बताए । उनले वर्षा भइरहने भएका कारण खोलामा पानी बढेको र यातायात सञ्चालनमा समस्या हुँदा बन्द भएको जानकारी दिए ।

पैमा खोलामा पुल नभएका कारण गाडी वारपार गर्ने अन्य विकल्प नहुँदा यात्रुहरु पैमामै अलपत्र पर्दै भएका छन् । नेपालगञ्ज, सुर्खेत र बाजुराबाट हुम्ला आउने यातायातको साधन पैमा खोलाबाट अदानचुलीको केन्द्र श्रीनगर, गल्फागार्ड, बालुकुना र सलीसल्ला आउने साना ठूला यातायातका साधन अलपत्र पर्दै आएका छन् । अब पैमा खोला नघटेसम्म कवाडीदेखि सलीसल्लासम्मको सडक सुचारु हुने अवस्था नरहेको पैमाका स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपम मल्लले चारदेखि पैमा सलीसल्लसम्मको यातायात सेवा बन्द रहेका कारण यसलाई सुचारु गराउन हिल्सा सिमकोट सडक आयोजनासँग पहल भइरहे पनि काम अगाडि बढ्न नसकेको बताए ।

 

 

प्रहरी दैनिक पैमा खोलामा पुग्ने गरेका छन् । यातायात सेवा अवरुद्ध भएपछि श्रीनगर, बालुकुना र सलीसल्लामा सामानको अभाव हुन थालेको छ भने सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि आउने विकास निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।
यसअघि स्थानीयले पटक पटक पैमा खोलामा बेलिब्रिज निर्माणका लागि माग गर्दै आएको भए पनि सुनुवाइ हुन नसकेका कारण अहिलेको समस्या भोग्नुपरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया