अछाम र जाजरकोटमा नयाँ प्रजिअ

काठमाडौँ ।  गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा शरदकुमार पोखरेलले जिम्मेवारी पाएका हुन् ।
अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकोले उनको ठाउँमा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव पोखरेलले जिम्मेवारी पाएका हुन् ।

 

 

सुनारले पनि यसअघि मोरङ र बाकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ । उनी डोल्पा र बझाङमा प्रजिअ भैसकेका छन् ।

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया