छ महिनामा ७४ प्रतिशतले गराए स्तनपान

सुर्खेत ।  कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयले ‘स्तनपानमन्त्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नाराका साथ सञ्चारकर्मीसँग अन्तर्क्रिरया कार्यक्रम गरेको हो।

 

निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुवा भट्टराईले पहिलो पटक सन् ११९२ देखि बनाउँदै आएको र निर्देशनालयले पनि हरेक वर्ष स्तनपान सप्ताह कार्यक्रम गर्दै आएको बताए ।
उनले भने “बच्चा जन्मिएको एक घण्टाभित्र आमाले स्तनपान गराउनु पर्छ। आमाको दुध खुवाएको छ महिनापछि मात्रै अन्य खानेकुरा खुवाउनु पर्छ। यदि मात्रै हैन बच्चा जन्मेदेखि दुई वर्षसम्म निरन्तर आमाको दुध खुवाउनु पर्छ।”
यस्तै निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले आमाको दुध बालबालिकाका लागि अमृत समान भएकाले जीवनको रक्षा गर्नेसमेत बताए ।

तपाईको प्रतिक्रिया