डोल्पामा ट्याक्टर दुर्घटना ः सातजना घाइते, दुईको अवस्था गम्भीर

डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिए ।

 

ठुलिभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त ३५७८ नम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।
चालक सुरज बोहराले भित्तिमा मदिरा पिएर ट्याक्टर चलाएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया