संयुक्त यातायातका विरुद्धमा चौकुनेबाट टिप्परमा यात्रु बाेक्न सुरु

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले टिप्पर सेवा सञ्चालनमा ल्याएको छ । पालिकाको टिप्पर र तेल खर्चमा पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पुर्याउनका लागि टिप्पर सेवा सञ्चालनमा ल्याएको हाे । सुर्खेतको वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले शनिवारबाट आफ्नै टिप्पर र तेल खर्चमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै पालिकाले यस्तो सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष खड्क विकले जानकारी दिए ।

उनकाअनुसार पालिकाले सुरुमा भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिप्परबाट यात्रुलाई सेवा दिइएको छ । अध्यक्ष विकले शनिबारबाट दुईवटा टिप्पर र आइतबारबाट चार वटा टिप्परबाट सेवा दिने बताए । पालिकाले निःशुल्क यात्रा सेवाका लागि शनिवारबाट सञ्चालन गरेको टिप्परमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने नारासमेत उल्लेख गरेको छ ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउँनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिप्परमै यात्रा गराउन थालिएको अध्यक्ष विकले बताए । टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनको भनाई छ ।

 थप जानकारी भिडियाे बाट

तपाईको प्रतिक्रिया