बीमाको पहुँच कर्णालीका दुरदराज सम्म पुगेन- मन्त्री सिंह

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बीमा सहाएता कार्यक्रम शहर बजारमा मात्र केन्द्रित भएको वताएका छन् ।शुक्रवार वीरेन्द्रनगरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशको आयोजनामा पत्रकार संग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अथिति रहेका मन्त्री सिंहले  हरेक नागरिकको जोखिम बहनको लागि बीमाका विभिन्न कार्यक्रमहरु शहर केन्द्रित भएको बताएका हुन् ।

 

मन्त्री सिंहले बीमाका कार्यक्रमहरु कर्णालीका  गाउँ–गाउँ दुरदराजका नागरिकसम्म बीमाको पहुँच विस्तार गर्न प्रदेश सरकारले सहयोग र सहजिकरण तयार भएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यालय प्रमुख पदमप्रसाद सोडारीले कर्णालीको कुल जनसंख्याको ४ प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा रहेको बताएका छन् । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देविराम देवकोटा  महासंघ सुर्खेतका सचिव ललित बुढा लगाएत सुर्खेत स्थित दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया