सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३ उत्तरगंगा स्थित भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-७ बस्ने वर्ष २३ का कृष्ण शाही र शुभकालिका गाउँपालिका- ३ बस्ने वर्ष २३ का विमोचन विष्ट रहेका छन् । कणर्ाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेलीबाट बजारतर्फ आउँदै गर्दा बिहीबार राति ९ः३० बजेको समयमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार विष्टको राति १०ः४५ बजेको समयमा र शाहीको शुक्रवार बिहान ८ः४० बजेको समयमा प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार तीन जना रहेका थिए ।
तीन जना सवार मध्ये खाँडाचक्र नगरपालिका-५ बस्ने वर्ष १९ का प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रमुख बुढाथोकीले बताए । मृत्यु भएका दुवै जनाको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको र दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १९ श्रावण २०८०, शुक्रबार