प्रविधिमैत्री बन्दै दुर्गम हिमाली जिल्लाका विद्यालय

सिमकोट ।   हिमाली जिल्ला हुम्लाका विद्यालयहरु प्रविधिमैत्री बन्ने क्रम बढ्दै गएको छ । एक साथ तीन वटा माध्यामिक विद्यालयमा विधुतीय पुस्तकालय(इ लाइब्रेरी) स्थापना गरिएसँगै विद्यालयमा शिक्षक , विधार्थीलाई प्रविधिसँग घुलमिल हुन सहज समेत भएको छ । खार्पुनाथ गाउँपालिकाको मान्धारा माविका प्रधानाध्यपक दिलबहादुर शाहीले विद्यालयमा पहिलो पटक ई पुस्तकालय स्थापना भएर प्रयोगमा आएको बताए ।

विद्यालयलाई कागज लेस बनाउन र विधार्थीलाई अतिरिक्त ज्ञान हाँसिल गर्नका लागि यो पुस्तकालय स्थापना गरिएको हो । यसबाट अब विद्यालय कागजविहीन भएको छ । पुस्तकालयमा तीन लाख पुस्तक र दुई लाख भिडियोको साथै तीस हजार भन्दाबढी सङ्ख्यामा अडियो समेत हेर्न सकिने छ । पुस्तकालयको स्थापना भएसँगै विद्यालयका सम्पुणर् गतिविधिहरू अनलाइन र अफ लाइनमार्फत् भर्चुअल कक्षाहरू सञ्चालन गर्न सकिने भएको छ । कम्प्युटर वा मोवाइलबाट सहजै विद्यलायका सवै जानकारी र विषयवस्तुको जानकारी लिन सकिनेछ ।जुन नेपाल सरकारले तयार पारेका पाठ्यक्रममा आधारित रहेको कारण निक्कै उपयोगी हुने भएको छन्।

 

 

विद्यलायको आफ्नै वेभसाईट समेत निर्माण भई प्रयोगमा आएबाट विद्यलायका गतिविधिका साथै विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरी विद्यलाय आए नआएको, नतिजाको जानकारीका साथै विद्यार्थीको ब्यक्तिगत विवरण घरमै बसेर समेत हेर्न सकिने छ । कुनै कारणबस विद्यलायको पठन पाठन बन्द हुन गएमा अनलाईन कक्षा, गृहकार्य र मुल्याङ्कन समेत गर्न सकिने भएको छ। यसरी ई पुस्तकालय स्थापना भएका जिल्लाका अन्य दुई वटा विद्यालयमाहरुमा खार्पुनाथ गाउँपालिका- ३ को हुम्ला मावि र सिमकोट गाउँपालिका- ५ को बालमन्दिर मावि रहेका छन् ।यी दुवै विद्यालयमा जडान भएर प्रयोगमा आई सकेका छन् ।

एउटा विद्यालययो स्थापनाका लागि बाह्र लाख ९१ हजार पाँच सयकोे लागत लागेको छ । जसमा दुई लाख सम्वन्धित विद्यालय र बाँकी कार्यक्रमले सहयोग गरेको हो । यस कार्यक्रममा अनलाईन वेभसाईट मार्फत र अफलाईन ई सर्भरको व्यवस्था गरिएको छ ।


तपाईको प्रतिक्रिया