जाजरकोटमा विषालु च्याउ खाँदा छोराको मृत्यु , आमा गम्भीर बिरामी

जाजरकोट ।  जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

 

यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी भएका छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताए ।

तपाईको प्रतिक्रिया