रुकुमको मुसीकोटमा ओडारबाट भरुवा बन्दुक बरामद

रुकुम पश्चिम ।     रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७ ग्यामखोलाको जङ्गलमा सात वटा भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारिएको हो । सात थान भरुवा बन्दुक सोमवार बेलुका प्रहरीले जङ्गलको बीचमा रहेको ओडारबाट फेला पारेको हो ।

 

फेला पारिएका बन्दुकहरु बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । स्थानीयले सिकार खेल्नका लागि भरुवा बन्दुक प्रयोग गर्ने र ओडारमै लुकाउने गरेको हुनसक्ने आशङ्का गरिएको हो ।
बन्दुकहरु कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया