पहिरोले क्षति पुर्‍याएको खानेपानी सेनाले मर्मत गरपछि पुनःसुचारु

सिमकोट – सर्केगार्ड गाउँपालिका- २ को रिप गाउँको खानेपानीलाई बराह दल गुल्म रानीवनबाट पैदल गएको नेपाली सेनाको टोलीद्वारा मर्मतपछि सुचारु भएको छ ।
गत शुक्रबार गएको पहिरोले उक्त गाउँको खानेपानीको ट्याङ्की र पाइपलाइनलाई पुर्‍याएको क्षतिलाई बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काले सदरमुकाम सिमकोटबाट गएको सहसेनानी पवन पन्त नेतृत्वको नेपाली सेनाको टोलीले चौबीस घण्टापछि पहिरोले क्षेती पुर्याएको रिप गाउँको खानेपानीको मुहानमा पुगेर इन्टेक, रिजर्भभार ट्याब्की र पाईपलाईन मर्मत पछि खानेपानी पुन पुचारु गरेको बताउनुभयो ।

 

सेनाको टोली रिप गाउँबाट दुई किलो मिटर टाढाको मुहानमा पुगेर मर्मत गरेको थियो । साथै सेनाको टोलीले ठाउँठाउँमा पहिराले
पाइपलाइनलाई क्षेती पुर्याएको स्थानमा मर्मत गर्दै पाइपलाइन छुटेको स्थानमा नयाँ जडान गर्दै रिजर्भभार ट्याङ्कीसम्म पानी आइतबार बेलुका खसालेको थियो । सो पाइप लिएर आवश्यक परेको स्थानमा गाउँपालिकाले जडान गर्ने भएको हो । आपुर्ति बन्द भएको खानेपानी सुचारुका लागि मर्मतमा नेपाली सेनाको २५ जनाको टोली र स्थानीय वासिन्दाहरुले मर्मत गरेका थिए । खानेपानी सुचारु भएसँगै स्थानीयलाई सहज भएको छ।

उहाले सेनाले काम चलाउन रुपमा खानेपानी सुचारु गरेको र अब नयाँ पाइप जडान गरेर सो खानेपानीलाई दिगो बनाउनुपर्ने बताउनुभएको छ ।


तपाईको प्रतिक्रिया