कर्णाली नदीमा डुबेर एक पुरूष बेपत्ता

कर्णाली नदीमा डुबेर एक पुरूष बेपत्ता भएका छन्।

मंगलवार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर सोही गाउँपालिकाको ७ नम्वर वडाका ४५ वर्षीय कृष्णप्रसाद खनाल बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता खनालको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान पनि भइरहेको छ।


तपाईको प्रतिक्रिया