सुर्खेत । कर्णाली प्रदेश सरकारले हरित औद्योगिक करिडोर निर्माण गर्ने भएको छ ।
भेरी र कर्णाली नदी किनारमा हरित औद्योगिक करिडोर निर्माण गर्ने दीर्घकालीन लक्ष लिएको प्रदेश सरकारले पहिलो चरणमा ‘छिन्चु-मेहलकुना हरित औद्योगिक करिडोर’ को सम्भाव्यता अध्ययनबारे बृहत छलफलसमेत गरेको प्रदेशका मुख्यमन्त्री राजकुुमार शर्माले बताए ।
नयाँ आर्थिक वर्षको पहिलो दिनमै मुख्यमन्त्री शर्मा, कानुन मन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकास मन्त्री खड्ग पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसी, सांसदहरु र निजी क्षेत्रका प्रतिनिधिहरुले भेरीगंगा-१२ को रामजानकी सामुदायिक वन हुँदै मेहलकुनासम्म सम्भावित क्षेत्रमा स्थलगत अनुुगमन गरेका छन् ।
यो कर्णाली प्रदेशको प्रवेशद्वार समेत रहेकाले उक्त क्षेत्रमा उद्योगहरु स्थपना भए बजार व्यवस्थापनमा समेत सहज हुने प्रारम्भिक अनुसन्धानले देखाएका संयोजक पन्थीले बताए । ‘अहिले अध्ययन गरिएको ठाउँमा दुग्ध र कृषीजन्य पदार्थको उत्पादन राम्रो भएको र त्यसको पनि भरपुर प्रयोग गर्न सकिने भएकाले उक्त क्षेत्रलाई प्राथामिकतामा राखेका हौं,’ पन्थीले भने ।


दर्शन खबर । १० श्रावण २०८०, बुधबार