जुम्ला । जुम्लामा वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नुन प्रति घरधुरी ३ केजीको दरमा वितरण भइरहेको छ । नुन नपाइएको भन्दै असार ३१ गते नागरिकहरुले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय तोडफोड गरिएको थियो ।
त्यसपछि वितरण प्रणालीलाई सहज बनाउन वडाबाटै नुन वितरण गर्न सुरु गरिएको हो । वडा कार्यालयबाट स्थानीयलाई नुन वितरण गर्न सुरु गरिएको साल्ट ट्रेडिङ्ग जुम्लाले जनाएको छ ।
जुम्लाका साल्ट ट्रेडिङ्गको प्रमुख खगेन्द्र मल्लले तातोपानी गाउँपालिकाका १-७ वडा, चन्दनाथ नगरपालिकाका १, ७, ८ र ९ नम्बर वडामा नुन पठाइसकिएको बताउनुभयो । यस्तै गुठिचौर गाउँपालिकाका २ वटा वडामा पनि नुन पठाइसकिएको उनले बताए । साल्ट ट्रेडिङ्गबाट वडाहरुले ३ सय क्विन्टल नुन लिइसकेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुनका लागि भिड लाग्नुपर्ने बाध्यता हटाउनका वडाबाटै नुन वितरण गरिएको बताए ।


दर्शन खबर । १० श्रावण २०८०, बुधबार