वीरेन्द्रनगरमा भरुवा बन्दुक सहित दर्लामी प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका १४को राम्चमा बस्ने बर्ष ४० वर्षका गोबिन्द दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारेको हो । बन्दुक सहित दर्लामी लाई नियन्त्रणमा लिएको कर्णाली  प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया