ट्याक्टर दुर्घटनामा परेका १९ बर्षिया शर्माको निधन

दैलेखमा ट्याक्टर दुर्घटना भएका १९ बर्षिया शर्माको निध

दैलेख । अघिल्लो महिना जेठ ३१ गते दैलेखको तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । आज शुक्रबार विहान उपचारका क्रममा दुल्लु नगरपालिका-५ बस्ने बर्ष १९ का भरत शर्माको मृत्यु भएको हो ।
जेठ ३१ गते तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ गाडापानीमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते दुल्लु नगरपालिका-५ का १९ वर्षीय भरत शर्माको उपचारको क्रममा आज विहान मृत्यु भएको हो ।
। चालक अझैपनि फरार रहेका छन्।


तपाईको प्रतिक्रिया