कार्तिक मसान्त भित्र नविकरण नगरे सामाजिक सुरक्षा भत्ता नपाइने ।

वीरेन्द्रनगर नगरपालिकाका सामाजिक सुरक्षा भत्ता लाभग्राहि हरुले कार्तिक मसान्त भित्र नविकरण नगरे सामाजिक सुरक्षा भत्ता नपाने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले असार ३१ गते नगर भित्रका सबै वडाहरु लाइ परिपत्र गर्दै कार्तिक मसान्त भित्र नविकरण नगरे सामाजिक सुरक्षा भत्ता नपाने भन्दै सुचना गरेको हो ।

 

सुचनामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य विधि २०७७ को दफा ४ उपदफा ६ बमोजिम म्याद भित्र नविकरण नभएका सामाजिक सुरक्षा भत्ता लाभग्राही हरु को सेवा नपाने गरि लगतकट्टा गरिने  उल्लेख छ । सामाजिक सुरक्षाभत्ता प्राप्तगर्ने लाभग्राही आफै वडा कार्यालयमा उपस्थित भइ अनिवार्य रुपमा नविकरण गर्नुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया