आज साउन एक, लुतो फाल्ने दिन ।

आज साउन महिनाको एक गते नेपाली परम्परा अनुसार लुतो फाल्ने गरिन्छ ।
असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न विहान खिर खाने र साझ लुतो फाल्ने मान्यता रहेको पाइन्छ ।

 

आजको दिन बेलुका परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरेका लुतो जाने मान्यता रहि आएको छ ।


तपाईको प्रतिक्रिया