कर्णालीमा देउडा मनाउन सार्वजनिक विदा

सुर्खेत । देउडा पर्व मनाउन कर्णाली प्रदेश सरकारले आगामी साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

देउडा पर्व तत्कालीन सिंजा सभ्यताको चिनारी र कर्णालीको मौलिकतासँग जोडिएको भन्दै सरकारले साउने १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सरकारले प्रदेशभरी लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।

विदा कर्णालीमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थान र संस्थाहरुमा लागु हुनेछ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

यता, देउडा खेल लगाउने प्रचलन कर्णालीमा रहेकाे छ । कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा हरेक महिनाकाे १ र १५ गते देउडा संस्कृति जाेगाइराख्न देउडा खेल खेलिने गरिएकाे छ ।


तपाईको प्रतिक्रिया