सुर्खेत । काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगर–१० नयाँ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरेको जनाएको छ ।
घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।


दर्शन खबर । २७ असार २०८०, बुधबार