एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि जितेको छ ।

पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो । तेस्रो सेट एपीएफले अग्रता लिए पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो ।

तपाईको प्रतिक्रिया